Monday, January 27, 2025

रौतहट ४ मा तिमल्सेना घरदैलोमा ब्यस्त,प्रदेश सभामा भट्टराइको चुनावि अभियान तिब्र

पछिल्लाे समाचार


रौतहट १९ कार्तिक / प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि रौतहट ४ बाट गठबन्धनका उम्मेद्वार मा देव प्रसाद तिमल्सेना र  प्रदेश सभा  ४ को क मा माओवादी केन्द्र का युवराज भट्टराई मैदानमा छन ।
रौतहट क्षेत्र नं  ४ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन नेता कार्यकर्ता घरदैलोमा छन ।
देव प्रसाद तिमल्सिना प्रतिनिधि सभा सदस्य पदका उम्मेदार
युवराज भट्टराई (समीर) माओवादी केन्द्र बाट प्रदेश सभा सदस्य उम्मेदवार रौतहट क्षेत्र नं ४ (क) मा छन ।
उम्मेद्वार तिमल्सेना र भट्टराइले साझा प्रतिबद्दता पत्रमा सामुदायिक विद्यालयमा ने मन्टेश्वरी शिक्षा, सार्वजनिक विद्यालयको गुणस्तर बृद्धि गर्ने ,१२ कक्षा सम्मको सबैलाई र स्नातक सम्म दलित तथा महिलालाई शिक्षा निशूल्क र अनिवार्य गर्ने,बहुप्राविधिक शिक्षालयको स्थापना गर्ने, आफ्नै ठाँउमा,प्राविधिक शिक्षा लिने ब्यवस्था । • भाषा साहित्य एवं वाङमयको,संरक्षण र विकासका लागी प्राज्ञीक केन्द्र स्थापना गर्ने जनाएका छन ।
यस्तै स्वास्थ्य क्षेत्रमा शिक्षण अस्पताल निर्माण गर्ने ।
आर्गेनिक विषादी रहित साध्य पदार्थ उत्पादनमा प्रोत्साहन गर्ने कानुनको तर्जुमा । सार्वजनिक ठाँउमा योगदान या तथा विभिन्न खेलकुदको विकास एवं विस्तार गर्ने
विपन्न, महिला, जेष्ठ नागरीकको हकमा
पछाडी पारीएका बर्गलाइ  निशुल्क स्वास्थ्य विमा गर्ने कानुन बनाउने । •महिला फुटबल एकेडेमी र शेरबहादुर स्मृति सेलमैदानको अधुरा कार्य सम्पन्न गरि संचालन गर्ने सेलाडीहरुको बिना , औद्योगीक ग्रामको स्थापना उत्पादन कुलक क्षेत्रमा यूवा लक्षित रोजगारी सृजना ।
विशेष आर्थिक क्षेत्र निर्माण गर्ने,पर्यटन धार्मिक  वनलाई  बिकास गर्ने, उल्लेख छ ।
कृर्षि तर्फ बास्तविक किसानको पहिचान अनुदान र सुविधा, कोले किसानलाई दण्डित गर्ने कानून बनाउने । कृषि सामाग्री केन्द्रको स्थापना ।उत्तरी भेगमा पशुपालन र दूध उत्पादन र दक्षिणी भेगमा अन्न तथा नगदे बाली लाई प्रोत्साहन गर्ने
बिशेष कृषि राष्ट्रिय गौरवको कार्यक्रम ल्याउने,कृषिमा सिचाइको यथोचित ब्यबस्थापन गर्ने जस्ता प्रतिवद्दता पत्रमा उल्लेख गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु