Wednesday, January 22, 2025

रौतहटमा सालका बिरुवा व्यवस्थापनमा चुनौती

पछिल्लाे समाचार


रौतहट १३ मंसिर / चन्द्रपुर नगरपालिकाका को विभिन्न सामुदायिक वन उपभोक्ता समिति क्षेत्रभित्र सालका बिरुवा हुर्किएका छन ।
वैज्ञानिक वनको अवधारणाअनुसार सालका बिरुवाहरु सरक्षण गरिएको थियो ।
चन्द्रपुर-को सामुदायिक वनको ३५ हेक्टरमा सालका बिरुवा हुर्किएका छन ।
वन क्षेत्रलाई वैज्ञानिक र दिगो रुपमा सरक्षण गर्न वैज्ञानिक बनको अवधारणा अघि सारिएको हो। तर केही जिल्लामा यसैमा अनियमितता बढेको भन्दै सरकारले खारेज गरिदिएको थियो
सामुदायिक वनमा ५ वर्षअघि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको थियो ।
डिभिजन वन कार्यालयका अनुसार यो ८० वर्षे योजना थियो । १० हजारभन्दा बढी साना साना बिरुवा हुकिएका छन ।
रौतहटमा हातेमालो, जनएकता ,जनचाहना, भोर्लेनी, तिलेश्वर, देउरानी र नमुना सामुदायिक वन मा वैज्ञानिक वन कार्यक्रम लागू गरिएको थियो ।
अहिले यी सबै सामुदाियक बनका सरक्षण कार्यक्रम अलपत्र जस्तै छन ।
नेपालमा केही सामुदायिक वन, वृक्षारोपण क्षेत्र र केही साझेदारी तथा राष्ट्रिय वन वाहेक अधिकांश वनको वैज्ञानिक स्थापन हुन नसकेको भन्दै ७ महिनाअघि देशभरका डिभिजन वन प्रमुखहरूको काठमाडौंमा सम्पन्न भेला वैज्ञानिक वन कामलाई निरन्तरता दिन माग गरेका थिए।
हुर्किदै गएका सालका होगा छाटेर व्यवस्थापन गर्न समस्या परेको डिभिजन प्रमुख कुमार कर्णले बताए।
सरकारले वैज्ञानिक वन खारेज गरिसकेको छ । अब यसलाई कसरी व्यस्थापन गर्ने भन्ने प्रदेश सरकारले अवधारणा बनाउन सरोकारवालाहरुको सुझाव छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु