रौतहट , २५ कार्तिक //
रौतहटमा आज देखी मदिरा बिक्रि बितरण तथा ओसार पसारमा रोक लगाउने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले कार्तिक २५ गते देखी निर्वाचनको मत परिणाम नआँउनजेल सम्मका लागि मदिरा बिक्रि बितरण तथा ओसार पसारमा रोक लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणीभुषण साहले सुचना प्रकाशन गर्दे निर्वाचनलाई भय रहित र सुरक्षित बनाउनका लागि यस्तो निर्णय गरेको जानकारी दिएका छन्।