Monday, January 27, 2025

रौतहटका ९८ जना कैदिबन्दीले मतदान गर्ने

पछिल्लाे समाचार

रौतहट २२ कार्तिक / मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा जिल्ला कारागार कार्यालय रौतहटमा रहेका ९८ कैदी बन्दीले मतदान गर्ने भएका छन ।
बन्दि जीवन विताइरहेका मध्ये ९८ जनाले निर्वाचनमा मतदान गर्ने कारागार प्रशासनले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैदी बन्दीले पनि मतदान गर्न पाउने व्यवस्थापछि जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहेका ९८ जना कैदी बन्दीले मतदान गर्ने भएका छन ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार पहिलो पटक कैदी बन्दीलाई मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
जिल्लामा २ सय ७६ मतदान स्थल कायम गरिएको छ । ५ सय २३ मतदान केन्द्र तथा २ वटा अस्थाइ मतदान केन्द्र गरी ५ सय २५ मतदान केन्द्र रहेको छ ।
जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयमा अलग अलग मतदान केन्द्र स्थापना गरिने र त्यसको लागि छुट्टै मतदान अधिकृत नियुक्ति गरिएको दासले जानकारी दिए ।
निर्वाचनका लागि ४ हजार १ सय ८४ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रौतहटमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेका छन । १ जना तेस्रो लिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु