राैतहट, २० कार्तिक /
गाैरमा जिल्ला निर्वाचन कार्यालयले ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक दिवसीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमकाे अध्यक्षता जिल्ला निर्वाचन अधिकृत छाेटेलाल दासले गरेका छन ,भने कार्यक्रम सञ्चालन पत्रकार गाैतम श्रेष्ठले गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालय राैतहटको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको जिल्ला निर्वाचन अधिकृत दासले जानकारी दिए ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरूको भूमिकाका विषयमा छलफल र निर्वाचनका बारेमा अभिमुखीकरण गरिएको दासले बताए ।
कार्यक्रमकाे उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघ राैतहट शाखा सभापति प्रेमचन्द्र झाले चुनावकाे बेला समाचार समप्रेषण गरेकै भरमा नजिर नबनाै, कार्यवाही खाने र कार्यवाहीकाे भागिदार नबन्न सबै पत्रकारहरूलाई आग्रह गरे ।
जिल्लामा रहेका पत्रकारहरूलाई हारजितकाे खेलमा नलागि सत्यतथ्य समाचार संप्रषण गर्न उनले आग्रह गरे ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार माध्यमकाे महत्त्वपूर्ण भूमिका रहेकाे बताए ।
अचारसंहिता पालन गराउन पत्रकारहरू भूमिका अहम हुने उल्लेख गर्नु भयाे । अचारसंहिता पूर्ण पालन गराउन सहित सूचना संप्रेषण गर्न पत्रकारहरू लाई आग्रह गर्नु भयाे ।
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकरी कृष्ण बहादुर शाहीले निर्वाचनमा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्दै सत्य, तथ्य र यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्नुपर्ने बताए ।
समाचार संप्रेषण गर्दा आत्ममूल्यांक गरेर मात्र प्रकाशन र प्रसारण गर्न आग्रह गरे ।
समाचार लेख्दा परिपक्वता देखाउन आग्रह गरे । पत्रकारिता पेशालाई मर्यादित बनाउन ऐन कानुन पूर्ण रूपमा पालन गरेर मात्र विचार राख्न अनुराेध गरे ।
कार्यक्रमकाे दाेस्राे सत्रमा अधिककृत दासले निर्वाचन अचारसंहिता सहितको विषयमा जानकारी गराउनु भएको थियाे । साे अवसरमा नेपाली सेनाका राैतहट प्रमुख प्रमुख सेनानी गंगा बहादुर विष्ट,प्रहरी प्रमुख एसपि वीर बहादुर बुढा मगर,सशस्त्र प्रहरी प्रमुख ध्रुव बहादुर कार्की सहित जिल्लाका पत्रकारहरूकाे सहभागीता रहेकाे थियो ।