Friday, January 24, 2025

राष्ट्र एवम् राष्ट्रियताको संरक्षणका लागि आमा छापमा भोट

पछिल्लाे समाचार

रौतहट १ मंसिर /
राष्ट्र एवम् राष्ट्रियताको संरक्षण कायम गर्नु पहिलो कर्तव्य भएकाले आफूहरु चुनावमा होमिएको स्वतन्त्र राजनैतिक शक्ति नेपाल का उम्मेदवारहरुले बताएका छन ।

नेपाल शुसासन पार्टीबाट रौतहट क्षेत्र न ३ क बाट बिनोद चौधरी ख बाट राजकिशोर यादव प्रत्यक्ष तर्फ उम्मेद्वार छन । सो पार्टीले समानुपातिक तर्फ शम्भु राय यादव ,मन्जर आलम,रुपशिला देवी लाई उम्मेद्वार बनाएको छ ।
सो पार्टीले आफ्नो प्रतिबद्दता पत्रमा पिल्लर सहितको हरितवार लगाई नेपालको अन्तरराष्ट्रिय सिमाना सुरक्षित बनाउने,
गरिबी, बेरोजगारी, विभेद र असमानताको विकराल समस्या हल गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, जल, जमिन, जंगल, जन्तु, जडीबुटी र जनशक्तिको विकास र उपयोग गर्न,योजना ल्याउने प्रतिबद्दता ब्यक्त गरेको छ ।
यस्तै सो पार्टीले बन्द गरिएका उद्योगहरु सम्भाव्यताको आधारमा पुनः संचालनमा ल्याउनुका साथै विदेशिएको जनशक्तिलाई स्वदेशमै अवसरहरु सिर्जना गरी मातृभूमिमै फिर्ता गर्न, नेपाली जनताको उत्पादनलाई प्राथमिकतामा राखी बजारको व्यवस्थापन गर्न, मौलिक परम्परा, कला, संस्कृति र प्राचीन स्मारकको संरक्षण र संवर्द्धन गर्ने उल्लेख गरेको छ ।
आधुनिक प्रविधिको उपयोग गरी सार्वजनिक सेवा प्रवाहमा सहजता र पारदर्शिता ल्याउन , आई.टी. हबको विकासद्वारा राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्नका लागि स्वतन्त्र राजनैतिक शक्ति नेपाल पार्टीका केन्द्रीय सदस्य आरसि यादवले आमा छापमा भोट दिन आग्रह गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु