रौतहट २९ कार्तिक / रौतहट क्षेत्र न.१( क) मा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार बाबुलाल साहले आगामी मंसिर ४ गते हुने चुनावमा जनताले गरिने मतदानलाई सत्य र असत्य बीचको लडाइ भएको र ‘सत्यको पक्षमा मतदान गर्न आग्रह गरेका छन।
मंसिर ४ मा जनताले सत्य र असत्य मध्येका एक उम्मेदवारलाई जसले समाजलाई नयाँ दिसा तर्फ लैजान सदैव जनताको माझमा रहि सुख दुखमा सहयोग गरिने प्रतिबद्ध रहि आएको जनताको सेवकलाई रोज्नुपर्ने बताए ।
चुनावका बेला मात्र देखिने मौसमी नेता एवं ठगदारलाई होइनन् जनताको अभिमतको अवमूल्यन गर्ने मन्सायपुर्वक उम्मेदवारी दिएको ठगदार उम्मेदवारलाई पराजय गर्न आग्रह गरे ।
रौतहट क्षेत्र न.१ का मतदाताहरु सदैव सत्यको पक्षमा रहि सच्चा समाज सेवक नेताको गुण भएको उम्मेदवारलाईनै आफ्नो मत दिने उनको भनाई छ ।
घर घरमा पुग्दै नेता साहले आफूले यस क्षेत्रका जनताले भोगेको मल, बिउ, डुबान तथा बेरोजगारी समस्यालाई योजनाबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।