अमित ठाकुर।रौतहट।कार्तिक १७।नेकपा एमालेबाट रौतहट क्षेत्रनं १ को संघिय संसद पदको उम्मेदवार रहेका अजय कुमार गुप्ताले रौतहटको विकास माधव नेपालका कारण हुन नसकेको बताएकाछन् ।
माधव नेपालले रौतहटबाट पटकट पटक चुनाव जितेको भएपनि गौर र समग्र जिल्लाको विकास गर्न नसकेको आरोप लगाएका हुन ।
नेता नेपालले रौतहटबाट बर्षौं देखि राजनीति गरेपनि रौतहटको बिकाश मा ध्यान नदिई केही ब्यक्ति र तस्कर माफियालाई मात्र बिकाश गरेकोले उनको आरोप छ ।
नेता नेपालले रौतहटको बिकाश लाई गम्भीरतापूर्वक नलिइ चुनावको बेला बिकाशको नाउँमा स-साना ललिपप देखाइ शिलान्यास गरेको सबै बिकाश निर्माणकार्य अधुरो रहेको र अलपत्र परेको कारण यसपालि माधव नेपाल भन्दा नेकपा एमाले पार्टीका संघीय सांसद उम्मेदवार अजय गुप्ताको लोकप्रियता बढेको स्थानिय बुद्दिजीवीहरु बताउछन ।
बडहर्वाको पुल माधव नेपालले १२ बर्ष पहिला शिलन्यास गरेको भएपनि अहिले सम्म बन्न नसकेको स्थानीयहरु बताउँछन् । नेता नेपालले रौतहटमा सिमित ब्यक्तिको बिकाश र तस्करलाई साथ दिई बिकाश निर्माणकार्यमा चासो नदिएका कारण रौतहटको बिकाश अधुरो रहेको स्थानीयहरुले बताएका छन्। रौतहटको बिकाशका लागि क्षेत्र नंबर १ मा नेकपा एमाले उम्मेदवार अजय गुप्तालाई जीताएर जनताले हेर्न चाहेको स्थानिय बताउछन ।