Monday, January 27, 2025

माओवादी केन्द्र बाट रौतहट ३ मा प्रतिनिधि सभाका उम्मेद्वार पटेललाइ कार्वाहि

पछिल्लाे समाचार



रौतहट २३ कार्तिक / नेकपा माओबादी केन्द्रबाट रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाका उम्मेदवार कबिन्द्र पटेल(धिरज) र सोही पार्टीका प्रदेश समिति सदस्य बिन्देश्वर यादब कार्वाहीमा परेका छन ।
सत्ता गठबन्धनले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहलाइ समर्थन गरेको अवस्थामा त्यसको बिरोध गर्दै संघिय संसदका उम्मेदवार पटेलले उमेदवारी फिर्ता नलिएको र अर्का नेता यादबले गठबन्धनको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाललाइ सर्मथन गरेको भन्दै दुवैजनालाइ कार्वाही गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
मंगलबार सो पार्टीका मधेश प्रदेश इन्चार्ज गणेश साहद्धारा हस्ताक्षरित पत्र मार्फत उनीहरुलाइ पार्टीको साधरण सदस्यमा समेत नरहने गरी कार्वाही गरेको जनाइएको छ ।
पार्टीको निर्णय भन्दा बाहिर गएर गतिबिधि गरेको कारण दुबै जनालाइ कार्वाही गरेको नेकपा माओबादी केन्द्र रौतहट जिल्ला समन्वय समितिका संयोजक देबेन्द्र पटेलले जानकारी दिए ।
माओबादी केन्द्रले आधिकारीक रुपमा टिकट बाट चुनाब चिन्ह समे पटेललाइ नेकपा माओबादी केन्द्रले पटक पटक उमेदवारी फिर्ता लिन आग्रह गर्दै आएको थियो ।
पटेल पछिल्लो समय माओबादी केन्द्रको चुनाब चिन्हबाट सकृयरुपमा प्रचार प्रसारमा छन । उम्मेद्वार पटेलले प्रभु साहलाइ समर्थन नगर्ने र उम्मेदारी पनि फिर्ता नलिने अडान राख्दै आएका छन ।
फोटो : माओवादी केन्द्रले पार्टी बाट निस्कासन गरेको प्रतिनिधिसभाका उम्मेद्वार कबिन्द्र पटेल ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु