Wednesday, January 22, 2025

मतदान स्थलको निमार्ण तिव्र

पछिल्लाे समाचार

रौतहट, ३ मंसिर । रौतहटको विभिन्न मतदान स्थलमा खटिएका कर्मचारीहरु बुथ बनाउन जुटेका छन ।
आईतवार विहान ७ बजे देखि सुरु हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पुरा गर्नमा मतदान स्थलमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुले बुथ बनाउने कार्यमा जुटेका देखिन्छन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना को संयुक्त सुरक्षा गस्ती टोलीले नियमित रुपमा गस्ति गरिरहेको हुँदा शान्तिपूर्वक भयमुक्त भएर भोली विहानै देखि मतदान केन्द्रमा पुगेर आ आफनो मताधिकारको प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले आग्रह गरेका छन ।
रौतहट जिल्लामा २ सय ७६ स्थायी र दुई अस्थायी मतदान स्थल छन् । त्यस्तै ५ सय २३ मतदान केन्द्र छन् । तीमध्ये १ सय ४९ मतदानस्थल अतिसंवेदनशील र १ सय १ संवेदनशील सूचीमा छन् /

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु