मुकेश कुमार साह,रौतहट २३ कार्तिक । रौतहटको निर्वाचन क्षेत्र न.४ को (ख) प्रदेशसभाका स्वतन्त्र उम्मेदवार रवि जयसवालले चुनाव प्रचार–प्रसारलाई तीब्ररुपमा अगाडी वढाएको छ ।चुनाव नजिकिदै गर्दा आफ्नो चुनावी गतिविधिलाई पनि अगाडी वढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा नदिए पनि उनले घरदैलो कार्यक्रममा मतदाता शिक्षा समेत दिदैछन् ।
युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई क्षेत्रबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना क्षेत्रका रूपमा विकास गर्न आफू तयार रहेको उनले बताए । घरदैलो तथा जनभेटघाट कार्यक्रममा जिप छाप लिएर चुनाबमा होमिएका बिधायकका स्वतन्त्र उम्मेदवार रविले जनताका समस्या गुनासो सुन्ने काम भैरहेकाले निर्वाचित भएपछि सोहि अनुसार काम गरिने बताए । उनको अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको छ । उनले भने ‘मतदाता उत्साहीत छन, हामी जित्छौ ।’ घरदैलो अभियान मा मतदाताले पाँचबर्षे कार्यकालमा शिक्षा,स्वास्थ्य र कृषिमा क्रान्ती ल्याई क्षेत्रमा बिकासको अनुभुती हुने खाले बिकास खोजिरहेको उनले सुनाए । यसको लागी आफ्नो जित अपरिहार्य रहेको उनी भन्छन ।
आफ्नो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क र गुणस्तरीय बनाउनुको साथै भौतिक विकासलाई पनि सँगै लिएर जाने भएकोले यस क्षेत्रको लागी आफ्नो जित अति-आवश्यक रहेको उनले दाबी गर्छन ।
महिलालाई रोजगारीको लागि शिपमुलक तालिमको ब्यवस्था,स्थानीय स्तरमा रोजगारी सिर्जना गरी बेरोजगारी हटाउने योजना रहेको रविले भने ।
क्षेत्रमा देखिएको विकासको बेथिति हटाएर भौतिक पुर्वाधार निर्माण लगायत विकासको माध्यमले क्षेत्र न.४(ख) लाई समृद्ध क्षेत्र बनाउने रविले बताए । निर्वाचित भएपछि जनताको सेवक बनेर क्षेत्रको चौतर्फी विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रण लिएका छन् ।