रौतहट १ मंसिर / मतदातालाई रिझाउन घरघरमा वितरण गर्नका तयार गर्दै गरेको करीव डेढ क्वीन्टल कुखुराको मासु प्रहरीले बरामद गरिएको छ।
रौतहट सदरमुकाम गौर नगरपालिका ९ सिर्सियाबाट गए राति प्रहरीले डेढ क्वीन्टल कुखुराको मासु बरामद गरेको हो।
स्थानीय बिनोद सिंहले घरघरमा वितरणगर्न तथा भोजको लागि कुखुराको मासु काटीरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसवी बिर बहादुर बुढा मगरले भोजभतेरको लागि मासु बनाउँदै गरेको बेला सिंहलाई मासुसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन्।