Friday, January 24, 2025

मतदाता फकाउन इन्धन र जागिर दिदै कटहरीया नगरपालिका

पछिल्लाे समाचार

रौतहट २९ कार्तिक ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दीएका आफ्ना बुवा ओम प्रकाश जयसवाललाई सहयोग गर्न नगरपालिका बाट लाखौको इन्धन र ज्यालादारी कामदार राखेको पाइएको छ ।
रौतहट ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालको प्रचारप्रसारमा नगरपालिको लाखौ बजेट खर्च गरीरहेको गुनासो छ ।
कटहरिया नगरपालिकाले मतदाता प्रभावित गर्न १ सय ७० जना  भन्दा बढि व्यक्ति लाई दैनिक ज्यालादारीमा खटाईएको उल्लेख गर्दै रकम बाढीरहेको गुनासो छ ।
नगरपालिकाले एकजनाको मासिक २० हजारको दरले मानिस राखेको र सो वापत मासिक ३४ लाख रुपैया खर्च हुँदै आएको जनाएको छ ।
घरमै बसिबसी डोरहाजिरी फारम भरेर कामै नगराई महिनाको ३४ लाख रुपैया मेयर जयसवालले बितरण गरेको गुनासो छ ।
यस्तै स्वतन्त्र उम्मेद्वार जयसवालको चुनाव प्रचारप्रसारमा मोटरसाइकल तथा गाडीमा कटहरिया नगरपालिकाको लाखौं रुपैयाको डिजल तथा पेट्रोल बितरण गरेको कटहरीया नपाका वडा नम्वर ४ का अध्यक्ष चन्दन कुश्वाहाले बताएका छन ।
कटहरिया नगरपालिकाले यस आवमा २० लाख भन्दा बढिको ईन्धन बितरण गरेको दाबी वडा अध्यक्ष कुश्वाहको छ ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले १ सय ७० जना मानिस गत साउन देखि दैनिक ज्यालादारीमा रहेको स्विकार्दै सबैलाई यो महिना पछि हटाउने योजना रहेको बताएका छन ।
ज्यालादारी मा भन्दै रकम लिइरहेका ब्यक्ती हरुले के काम गरीरहेका छन भन्ने प्रमुख प्रशासकिय अधिकृत तिवारीले प्रष्ट खुलाउन चाहेनन ।
उनले नगरपालिका बाट हालसम्म पेट्रोलपम्प लाई  १५ लाख रुपैयाको भुक्तानी दिएको तथा सम्पुर्ण हिसाब भने गर्नबांकी रहेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु