रौतहट, २२ कार्तिक //
रौतहटको निर्वाचन क्षेत्र न.४ को (ख) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवार रवि जयसवाल यतिबेला निरन्तर घरदैलोमा सकृय छ्न । हरेक बिहान ८ बजे देखी साझ ६ बजे सम्म उनि घरदैलो गर्नमा ब्यस्त देखिन्छ्न ।
मतदाताको बलियो समर्थनले आफुलाई थप उर्जा प्रदान गरेको भन्दै उनि मतदाताका गुनासा,अपेक्षा र सुझाव संकलन गरिरहेका छन् । उनले आफु निर्वाचित भएपछी संकलन गरिएको गुनासा र अपेक्षालाई बिशेष ध्यानमा राखी कार्यन्वन गर्न तल्लिन रहने बताए ।
घरदैलोमा मतदाताले उनलाई भव्य स्वागत गर्दै घरदैलो गर्न समेत सघाईरहेको उनि बताउछन । स्वतन्त्र उम्मेद्वार जयसवालले आफ्नो जितको आधार पनि मतदाताले देखाएको सद्भाव र मायाँ भएको बताए ।
‘गाउँका मतदाताले खुलेर समर्थन गरेका छन्,’जयसवालले भने, ‘मैले उठाएका एजेण्डामा सहमती जनाएका मतदाताले मलाई उत्साह थपेका छन् ।’
यो क्षेत्र कृषिमा आधारित भएकोले किसानहरुको विभिन्न समस्यालाई आफुले प्रतिबद्धता पत्रमा राखेको उनले बताए । मलखाद्यको अभाव, विउविजन समयमा उपलब्ध हुन नसक्नुजस्ता समस्याको कारण किसानहरु पीडित रहँदै आएका छन्। उनले समयसापेक्ष रुपमा कृषिक्षेत्रमा विकसित गर्नका लागि एक गाँउ, एक उत्पादन ल्याउने आफ्नो योजना रहेको बताए ।
यसको साथै शिक्षा,स्वास्थ,पर्यटन, तथा विकाश पुर्वाधार लगायतका काम गर्नुका साथै समाज र देशलाई विकास तर्फ लग्न आफ्नो जीत आवश्यक रहेको भन्दै जिप छापमा मतदान गर्न उनले आग्रह गरे ।
मतदाताले स्वतन्त्र उम्मेदवार रविलाई अहिलेको परिस्थितीमा परिवर्तन अपरिहार्य रहेको बताउँदै आउने निर्वाचनमा जिप छापमै मतदान गर्ने आश्वासन दिएका छन ।