रौतहट , २७ कार्तिक //
रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर १ रमौलीमा बिभिन्न पार्टी परित्याग गरि दुइ दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एक कार्यक्रमका बिच दुइ दर्जन भन्दा बढी नेकपा माओबादी,नेपाली कांग्रेस र नेकपा एस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नब प्रवेशीहरुलाइ नेकपा एमाले क्षेत्र नंं ४ क का प्रदेश सभा सदस्य उमेदवार अखिलेश चौधरी,पार्टीका मधेश प्रदेश उप सचिब तथा प्रदेशका समानुपातिक उमेदवार आरती भण्डारी,एमाले नेता खडग बहादुर बम्जन,नौतम पोखरेल लगायतले स्वागत गरेका थिए ।
माओबादीबाट बुटाइ राउत,जोगिन्द्र राउत,राजन पटेल,मन्जु राउत,कांग्रेसबाट दशै यादब,नागेन्द्र राय यादब,बिरेन्द्र यादब,जोगेन्द्र यादब,नेकपा एसबाट भोला पटेल,गान्धी पटेल,मेधु पटेल,अजय पटेल,गगनदेब साह,नबल किशोर पटेल,राम सिंहासन पटेल लागायतका रहेको रौतहट क्षेत्र नम्बर ४ का युवा परिचालन कमिटिका संयोजक देबराज न्यौपानेले जानकारी दिए ।
शनिबार पनि क्षेत्र नम्बर ४ को क अन्र्तरगत चन्द्रपुर नगरपालिका वाड नं. २ का नेपाली कांग्रेसका पुराना नेता,राम लखन चौधरी लगायत र वाड नं. ५ का नुरराज काफले लगायतकाहरु कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।
यसैबिच रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मीले यतिबेला घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।