रौतहट ७ मंसिर / रौतहट क्षेत्र न ४(क) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका युवराज भट्टराई ( समीर) बिजयी भएका छन ।
नेकपा माओवादी केन्द्रका युवराज भट्टराई समिरले १५ हजार ३ सय ६८ मत पाएका छन ।
नेकपा एमालेका उम्मेद्वार अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत पाएका छन भने नेकपा एस का उम्मेद्वार बाल कृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ पाएका छन । ओपचारीक घोषणा केहिबेरमा हुदैछ ।
प्रदेश सभामा बिजयी भट्टराई माओवादी जनयुद्दका घाइते हुन । बिधार्थी राजनितिबाट सकृय भट्टराई माओवादी केन्द्रका रौतहट जिल्ला ईन्चार्ज समेत रहेका छन ।