Friday, January 24, 2025

निर्वाचनमा रौतहटको सुरक्षा व्यवस्था कडा : सिडिओ शाही

पछिल्लाे समाचार

रौतहट २ मंसिर । आउदो ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रौतहटको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।
भारतको बिहारसँग खुला सीमा जोडिएको रौतहटमा स्वच्छ, निष्पक्ष र धाँधली रहित वातावारणमा सम्पन्न गर्न जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएका छन्
गत बैशाख ३० गते भएको स्थानीय तहको सुरक्षा व्यवस्था फितलो हुँदा यमुनामाई गाउँपालिका २ भेडियाही स्थित मतदान केन्द्रमा मतपेटिका नै लुटिएको थियो भने जिल्लाको अधिकांश ठाउँमा बिवाद भएको थियो ।
मतपेटिका लुटनेदेखि लिएर अधिकांश ठाउँमा वादविवाद, झड्प तथा धाँधलीसमेत भएकोले यसलाई मध्य नजर गर्दै फेरि यस्ता कार्य दोहोरिन नदिने गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
यसपटक निर्वाचन सुरक्षामा करशिव १० हजार सुरक्षाकर्मीहरु परिचालित गरीने जानकारी दिदै निर्वाचन लक्षित सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताएका छन ।
निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्न तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको छ ।
भौगोलिक अबस्था, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएका प्रजिअ शाहिले बताए/

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु