Friday, January 24, 2025

निर्वाचनका ७२ घण्टा अगाडीबाट नेपाल–भारत सीमा नाका बन्द हुने

पछिल्लाे समाचार


सर्लाही, २३ कार्तिक //
आगामी मङ्सिर ४ को निर्वाचनका लागि नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।

मंगलबार मलङ्गवामा बसेको सर्लाही, महोत्तरी र रौतहट तथा भारतको सीतामढी जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीच संयुक्त सीमा समन्वय समितिको बैठकले नेपालमा हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

निर्वाचनको सुरक्षालाई मध्यनजर गरी मङ्सिर १ गतेदेखि नाका ‘शिल’ गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

बैठकमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण, अन्तराष्ट्रिय सीमा अतिक्रमण, मानव बेचबिखन, मदिरा तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रणलगायतका विषयमा आपसी सहयोग र समन्वयका साथै आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्थापनका विषयमा सौहादपूर्ण वातावरणमा छलफल भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । उनका अनुसार भारतीय पक्षले नेपालमा मङ्सिर ४ गते हुने निर्वाचनमा आवश्यक सहयोग तथा समन्वयको लागि तयार रहेको उल्लेख गरेको छ ।

बैठकमा सर्लाही, महोत्तरी र रौटहटका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित अन्य सुरक्षा अधिकारी र भन्सार कार्यालयका प्रमुख तथा भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्लाधिकारीसहित अन्य सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु