Sunday, January 26, 2025

धनुषामा सवारी दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु ,अन्य ६ जना गम्भीर घाइते

पछिल्लाे समाचार


धनुषा , २० कार्तिक //
धनुषामा सवारी दुर्घटना परेर एक नवजात शिशुको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको नाम र ठेगाना खुल्न नसकेको प्रवक्ता क्षेत्रीले बताए ।

जनकपुरधामबाट ढल्केबर गईरहेको सो बोलेरो लक्ष्मीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुको सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु