Thursday, January 23, 2025

जोखिमयुक्त साना सिलिण्डर जताततै बिक्री

पछिल्लाे समाचार

रौतहट ६ मंसिर // मापदण्डविपरीतका साना ग्यास सिलिन्डरको बिक्री बजारमा बढेको छ ।
स्थानीय प्रशासनले यस्ता सिलिन्डरको ले जोखिम बढनएको भन्दै किनबेच रोक्न जिल्लाका विभिन्न बजारमा कडाइ गरेको थियो ।
गौर–चन्द्रनिगाहपुर का राजमार्ग छेउका पसलहरूमा मापदण्ड विपरीतका साना सिलिन्डर खुलेआम बिक्री हुँदै आएका छन् ।
गौर, शिवनगर, गरुडा, बिर्ता, चन्द्रनिगाहपुर,कटहरीयालगायत बजारका किराना तथा भाडा पसल र ग्यासकै डिलरहरूमा साना सिलिन्डर बिक्री भइरहेको हो ।
बिर्ताको प्रहरी चौकी अगाडि नै यसरी मापदण्ड विपरीतका सिलिन्डरहरू बेच्न राखेका छन् । उपभोक्ताको सुविधालाई मध्यनजर राखेर साना सिलिन्डर बिक्री गरेको ती व्यापारीले बताए ।
शिवनगरमा १ सय ५० रुपैयाँ प्रतिकेजीमा भारतीय सिलिन्डरमा ग्यास भर्ने गरेको पाइएको छ । व्यपारीले भारतबाट अवैध रूपमा ५ र २ किलोको साना सिलिन्डर नेपाल भित्र्याएका हुन् ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत मनीष झाले बजारमा साना सिलिन्डर बिक्रीका लागि राखेको देखेको र ‘मापदण्डविपरीत छ भने बिक्री गर्न नपाइने अनुगमन गर्ने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु