रौतहट , २० कार्तिक //
रौतहट निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका शैलेन्द्र साहले आफ्नो जित सुनिश्चित रहेको बताएका छन ।
ईशनाथ नगरपालिका वडा नम्बर ३ औरयामा घरदैलो गर्ने क्रममा संचारकर्मीहरु सित कुरा गर्दै साहले यसपालि जनता परिवर्तनको पक्षमा रहेकोले जसपाको जित सुनिश्चित रहेको बताएका हुन्।
उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुले पराजयको डरले विभिन्न किसिमका अफवाह फैलाउने गरेकोले भ्रमको पछाडि नलाग्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
नेकपा एमाले जसपा गठबन्धनका अवस्था बलियो भएको देखेर बाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारको विचलित भएको साहले दाबी गरे।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डा. फिरदोस आलम हत्या आरोपि आफ्नो बुवाको नाउमा राजनीति गर्न लागेकोले जनता परिवर्तन गर्न तत्पर रहेको उनले बताए
जसपा बाट प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार रहेकी शोभा देवी साहले विपक्षीले जति अफवाह फैलाए पनि जित जसपाको हुने बताइन ।