गौर ३० बैसाख । विशेषज्ञ चिकित्सकको अभावमा गौर अस्पतालले विभिन्न समस्या झेल्दै आएको छ ।
२०७३ माघ २० गते प्रादेशिक सरकारको मन्त्रीस्तरीय निर्णयले गौर अस्पताललाई स्तरउन्नती गरेको थियो ।
अस्पतालमा पर्याप्त उपकरणहरु नहुदा विरामीले उचित उपचार पाएका छैनन । सदरमुकाम गौर तथा ग्रामीण भेगका अधिकांश नगरपालिका तथा गाउंपालिका बिरामी महगो शुल्क तिरेर अन्यत्र उपचार गराउन बाध्य छन ।
गौर अस्पतालमा एक जना मेडिकल सुपरीटेन्ट र आठ डाक्टरको दरवन्दी कायम गरी स्वीकृत गरेको थियो ।
गौर अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेट, वालरोग, स्त्रीरोग, फिजिसियन सर्जन सहित विशेषज्ञको दरबन्दी छ ।
चार जना मेडिकल अधिकृत डेन्टल सर्जन, फिजियोथेरापिस्ट मोडलल्याव टेक्नोलोजिस्ट जस्ता विशेषज्ञहरूको दरबन्दी स्वीकृत गरिएको थियो ।
गौर अस्पतालका सुपरिटेन्डेट डा. कृष्णा साहले बिशेषज्ञ डाक्टर नहुदा समस्या हुँदै आएको बताएका छन ।
संघिय सरकारको सहयोगमा गौर अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट पनि प्रयोग विहिन बनेको छ।
संघीय सरकारने ५० लाख रुपैयामा अस्पताल मा अक्सिजन प्लास्ट स्थापना गरेको थियो तर दक्ष जनशक्ति आभावका कारण प्रयोग विहिन अवस्थामा छ ।
४६ लिटर क्षमता भएको १५ देखी २० अक्सिजन सिलिण्डर दैनिक भण्डारण गर्ने क्षमता रहेको छ ।
संघीय तथा प्रदेश सरकारको सहयोगमा अस्पताललाई पठाईएको चारवटा भेन्टिलेटरसहितको शैयाको उक्त प्लान्टबाट आईसीयुको दक्षजनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन ।