रौतहट १२ मंसिर /अतिक्रमण हटाऔ, आफ्नो टोल, नगरलाई सफा र स्वच्छ बनाऔं भन्ने उदेश्यले गौरमा काम थालिएको छ ।
नगर क्षेत्रको सडक, नाला, मठ मन्दिर लगायत सार्वजनिक स्थलहरु अतिक्रमन गरि गाई, भैंसी, बाख्रा जस्ता चौपाया बाध्ने, फोहोर जन्य पदार्थ थुपार्ने, सडक अबरोध गर्ने, नदि नाला पोखरी फ़ोहोर गर्ने, जथाभावी फोहर फाल्ने जस्ता कार्य नगर्न नगराउन गौर नगरपालिकाले अनुरोध गरेको छ ।
सडक व्यवस्थित पार्न सोमवार देखि गौर- ८ बाट अतिक्रमण हटाऔ, आफ्नो टोल, सडक र नगरलाई सफा र स्वच्छ बनाऔ अभियानको थालनी गरेकाे गौरका मेयर शम्भु साहले जानकारी दिएका छन ।
अभियानमा सहयोग गर्न समस्त नगरवासी, बुद्धिजीवी, सरोकार वाला र युवा वर्गलाई मेयर साहले अपिल गरेका छन ।