चन्द्रपुर,२५ कार्तिक । नेकपा एमाले रौतहट क्षेत्रनं ४ को (क) प्रदेशसभा सदस्यका उम्मेदवार अखिलेश्वर चौधरीले समग्र क्षेत्रको विकास तथा भ्रष्टाचार निर्मुलका लागि आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।
उनले रौतहट जिल्लाका बिभिन्न निकायमा हुने आर्थिक अनियमिता र भ्रष्टाचार नियन्त्रणका लागि आफुले पहल गर्ने बताएकाछन् ।
चन्द्रपुर नगरपालिकाको वडानं १ मा आयोजित घरदैलो कार्यक्रममा मतदातासंग उनले आफुलाई प्रदेशसभा सदस्यमा जिताएर पठाउनका लागि आग्रह गरेका थिए ।
चौधरीले आफुले जितेर गएपछि मधेश प्रदेशमा हुने चरम अनियमिता रोक्ने आफ्नो पहिलो प्राथमिता रहेको बताएका थिए । उनले नेकपा एमालेले मात्र देश विकास गर्न सक्ने भएकाले सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन।
आफ्नो क्षेत्रको समग्र विकास ,बेथितिको अन्त्य र शिक्षाको गुणस्तर विकासका लागि आफ्नो पक्षमा मतदान गर्न उनले आग्रह गरेका थिए ।