रौतहट २७ कार्तिक /
एमाले ले रौतहटका केहि स्थानिय तहमा निर्वाचित मेयर र उपमेयरहरु लाई स्पस्टिकरण सोधेको छ ।
रौतहटका देवाहिगोनाहि नपाका प्रमुख प्रेमलाल साह कानु ,गरुडा नपाका प्रमुख कन्थमणि जयसवाल,मौलापुर नपाका प्रमुख रिना देवी साह ,देवाहिगोनाही नपाकी उपमेयर परनिया देवी,मौलापुर नपाका उपमेयर नागेन्द्र राय यादव लाई नेकपा एमाले मधेश प्रदेश समितिले २४ घण्टे स्पस्टिकरण सोधेको हो ।
पत्रमा २०७९ मंसिर ४ गते हुने निर्वाचनको विषयमा पार्टीको निर्णय विपरीत हिडनु भएकोले यो स्पष्टीकरण सोधिएको जनाईएको छ ।
पार्टीको एक कार्यकर्ता पार्टीको निर्णय विपरीत, पाटीको विरोधमा लाग्नु उचित हो भन्दै प्रश्न सोधेर वास्तविकता के हो ? स्पष्ट खुलाई २४ चौबिस घण्टा भित्र नेकपा (एमाले) मधेश प्रदेश कार्यालयमा जवाफ पठाउनु निर्देशन दिईएको छ ।
चित्त बुझ्दो जवाफ नआए पार्टीको विधान अनुसार कार्यवाही हुने जनाईएको छ ।
पार्टीको हित र नीति बिपरीत कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको एमालेका मधेश प्रदेश अध्यक्ष राम आतार यादव जनाएका छन ।