चन्द्रपुर १५ कार्तिक ।
रौतहटको क्षेत्र नं. ४ का संघिय संसद उमेदवार उद्धब प्रसाद रेग्मीले घरदैलो अभियानमन छन ।
रौतहट क्षेत्र नं. ४ को क चन्द्रपुर नगरपालिका वाड नं. २ फुलवारी तथा जुडिबेलाको घरदैदलो कार्यक्रममा रेग्मी ब्यस्त थिए ।
जनताको माया र सदभाबले आफुलाइ झन हौसला र उत्साह मिलेको उम्म्दवार रेग्मीले बताए ।
घरदैलो कार्यक्रममा स्थानिय स्तरका मतदाताहरुको बाक्लो सहभागिता थियो ।
निस्वार्थ भएर बिगतका दिनमा काम गरेको र काम गर्दा जनताले औला उठाउने कुनै पनि किसिमको काम नगरेकै कारण जनताको माया प्राप्त भएको रेग्मीको भनाइ छ ।
देश बनाउने पार्टी र आम जनताको पार्टी नेकपा एमाले भएकै कारण पनि जनताहरु आउदो निर्वाचनमा एमालेलाइ जिताउन आतुर देखिएको रेग्मीले बताए ।
उम्मेदवार रेग्मीले सोमबार फुलबार,कलटोल,रैयाटोल लगायतका टोलहरुको घरदैलो गरेका थिए ।
घरदैलो कार्यक्रममा नेकपा एमाले रौतहट क्षेत्र नं. ४ क का उमेदवार अखिलेश्वर चौधरी,प्रदेश सभा सदस्य समानुपातिक खस आर्य तर्फकी उमेदवार आरती भण्डारी, दलित तर्फका उमेदवार जित बहादुर बिक,नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्य लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।