रौतहट २९ कार्तिक । आउदो २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसंग सीमा जोडिएका रौतहट जिल्लाका सम्पूर्ण सीमा नाकाहरु २०७९ मंसिर १ गते राती १२:०० बजेदेखि २०७९ मंसिर ४ गते रातिको १२ बजेसम्म बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय का प्रशासकिय अधिकृत मणिभूषण शाहले एक सुचना प्रकाशित गर्दै सिमा नाका बन्द हुने जनाएका छन ।