Sunday, January 26, 2025

आचरसंहिता बिपरित राखिएका झण्डा, पर्चा पम्लेट हटाइदै

पछिल्लाे समाचार

रौतहट २३ कार्तिक /
जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समितिको निर्देशनमा प्रहरीले पालना भए नभएको अनुगमन थालेको छ ।
जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट आ-आफ्नो वडा तथा नगरक्षेत्रमा खटीएका प्रहरी टोलीले सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, दल तथा उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरुलाई हटाइएको छ ।
आचारसंहिता बिपरीतका सामाग्रीहरु हटाउन थालेको रौतहटका डिएसपी सुनिल मल्लले बताएका छन ।
रौतहटमा भने अधिकांश पालिकाका जनप्रतिनिधिहरु निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै आ– आफना दलका उम्मेदवारको पक्षमा खुलेर प्रचारप्रसारमा संलग्न रहेको पाइको छ।
रौतहटमा रहेको १८ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाका निर्वाचित नगर प्रमुख, उपप्रमुख देखी लिएर वडा अध्यक्ष र सदस्यहरु समेत आफना पार्टी का साथै गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मतदाताको घरदैलोमा छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु