सर्लाही , २८ कार्तिक //
पोखरीमा डुबेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा २ महिनाबाट बस्दै आएका ३० वर्षीय केदार दर्लामी रहेका छन्।
आइतबार साँझ आश्रम परिसरको पोखरीमा डुबेका दर्लामीको मानसिक अवस्था ठीक नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ।
यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।