रौतहट १४ मंसिर । फतुवा बिजयपुर नगरपालिका एककिसानको दुईबिगहा क्षेत्रफल जग्गामा फलेको धानमा आषजनी भएको छ ।
अवकाश प्राप्त सई रामानन्द यादवको धान काटेर दांईगर्न सितलपुर गाउँछेउ राखिएको धानको बोझामा गएराती १२ बजे अज्ञातब्यक्तिले आगजनी गरेको हो ।
आगजनी बाट धान पुर्णरुपमा जलेको छ । १ लाख ६० हजार बराबरको क्षति भएको पीडित यादवले बताएका छन ।
धानमा पुर्वाग्रह राखेर आगजनी गरेको हुनसक्ने पुर्व सई यादवको अनुमान रहेको छ।
दोषीलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्नुका साथै क्षतिपूर्ति दिलाउन पीडित को माग छ ।
आगलागी घटनाको अनुसंन्धान भैरहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।