रौतहट २ मंसीर /निर्वाचनका लागि गौर कारागारका कैदिबन्दीसग २ दिन भेटघाट बन्द गरिने भएको छ ।
गौर कारागारले श्री विर दल गण पुरेनवा रौतहट कारागार सुरक्षा पोष्ट रौतहट, गौर लाई पत्र लेखी सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिएको छ ।
प्रतिनिधी सभा सदस्या तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ यही मंसिर ४ गते हुने निर्वाचमा यस कारागार कार्यालय रौतहटमा पनि निर्वाचन हुने भएको हुदा यस कारागार कार्यालय रौतहटको सुरक्षा साथै निर्वाचनको तयारी गर्नुपर्ने भएकोले मंसिर ३ देखि ४ गते सम्म कारागार कार्यालय रौतहटको कैदीबन्दीहरुसँग हुने भेटघाट पुर्ण रुपमा बन्द हुने जनाइएको छ ।
निर्वाचनमा कुनै पनि किसिमको घटना हुन नदिन साथै सुरक्षा व्यवस्था काडा गरि निर्वाचन सम्पन गर्नुपर्ने हुदा सो बमोजिमको सुरक्षा व्यवस्था तथा कैदी बन्दीको भेटघाट पुर्ण बन्द गरिने गौर कारागारका निमित्त प्रमुख (जेलर) शम्भु प्रसाद यादवले जानकारी दिएका छन ।