रौतहट १,मङ्सिर//
रौतहटको कटहरियामा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरु बिच झडप भएको छ ।
गए राति करिब ९ :३० बजेको समयमा कटहरिया-५ बजार स्थित शान्ति पेट्रोल पम्प अगाडी रौतहट क्षेत्र नम्बर ३ का संघीय स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल समर्थक र प्रदेशसभा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थक बिच झडप भएको हो।
वादविवाद भई दुवै पक्षका कार्यकर्ता बीच भिडन्तको अवस्था सिर्जना भएपछि नेपाल प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले २ राउण्ड गोली हवाइ फायर गरेको थियो ।
दुवै पक्षका समर्थकहरु रक्सी खाइ एकअर्काको उम्मेदवारलाई अशभ्य भाषा प्रयोग गर्न थालेपछि वादविवाद शुरु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले जनाएका छन् ।
वादविवाद भएपछि दुवै पक्षका कार्यकर्तालाई प्रहरीले घटनालाई साम्य पार्न अश्रुग्यास र हवाईफायर गरेको उनले बताए ।
प्रहरीले समझाइ बुझाइ गरे पनि दुबै पक्षका कार्यकर्ता आक्रोशित भएर अचानक ढुंगा र शीशाका टुक्राले हान्न थालेपछि झडप हुन नियन्त्रण गर्न प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गर्नु परेको सिंहले बताए ।