रौतहट , १ मङ्सिर //
यहि मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज (बिहीबार) मध्यरातिबाट भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ ।
आज राति १२ बजेदेखि ४ मंसिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको हो ।
अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने छ । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जानकारी गराएको छ ।