Friday, January 24, 2025

सहकारी संस्थाका एक कर्मचारीलाई गोली हान्ने ४ जना पक्राउ

पछिल्लाे समाचार


सर्लाही , ३ कार्तिक //
सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी १९ वर्षीय रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेका छन्।

पक्राउ परेकामध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ ।

बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे ।

आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।

घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले चार जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सर्लाही प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु