Thursday, January 23, 2025

बारामा मजदुर र प्रहरीबिच झडप ,झडपमा प्रहरी नायब उपरीक्षकसहित १० जना घाइते

पछिल्लाे समाचार


बारा , ४ कार्तिक //
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरास्थित त्रिवेणी स्पिनिंग उद्योगमा मजदुर र प्रहरीबिच झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड फायर र ३४ राउण्ड अश्रुग्यास प्रहार गरेका थिए। अश्रु ग्यासले काम नगरेपछि प्रहरी घाइते भएका छन् ।

झडपमा प्रहरी नायब उपरीक्षकसहित १० जना घाइते भएका हुन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड फायर र ३४ राउण्ड अश्रुग्यास प्रहार गरेपनि अश्रूग्यासले काम नगर्दा प्रहरी घाइते भएका हुन् ।

३४ राउण्ड अश्रुग्यास प्रहार गर्दा पनि सामान्य आवाज मात्रै आउनु बाहेक अरु केही काम नगर्दा प्रहरी घाइतेको संख्या बढेको झडपका प्रत्यक्षदर्शीले बताए । घाईते हुनेहरुमा प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिना, प्रहरी निरीक्षक राज किशोर साह तेली, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल घाईते छन् ।

सशस्त्र प्रहरी हवल्दार दिपक गुरुङ, प्रहरी जवानहरु राजेश पूनः मगर, सदाम हुसेन, रुदल कुमार यादव, सुबोध कुमार यादव, सुरेन्द्र महतो घाईते छन् । उनीहरुलाई अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डक अस्पताल वीरगञ्जमा रिफर गरिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार ति अश्रुग्यासको म्याद २०१२ सालमै सकिएको पाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु