Friday, January 31, 2025

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेेलाइ आयोगले सोध्यो स्पष्टीकरण

पछिल्लाे समाचार

काठमाडौं २९ असोज । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
उजुरी तथा प्राप्त जानकारीका आधारमा आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न पार्टीका नेता र संस्थालाई स्पष्टीकरण सोधेको हो ।आयोगले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, पचरौता नरपालिकाका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा अधिकृत सातौं तहमा कार्यरत गोकुल वस्ती, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरेसँग पनि स्पष्टीकरण सोधेको छ ।
आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार नुवाकोट-१ का उम्मेदवार बद्री मैनाली लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
सहायक प्रवक्ता भट्टराईका अनुसार आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु