रौतहट ८ कार्तिक // अवैध काठ सहित बरामद भएको ट्रक छुटाउन विभिन्न शक्तिहरूले वन कर्मचारीहरूलाई दवाव दिन थालेकाे खुलेको छ ।
सोमबार विहान सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठसहितको एउटा ट्रक बरामद गरेको हो। डिभिजन वन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृतवमा गएको गस्ती टोलीले ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध साल जातको चिरान काठसहित एउटा ट्रक बरामद गरेको थियो ।
चन्द्रपुर नगरपालिका वडा नं–२ जुडीबेला गाउँबाट अवैध काठ लोड गरी चन्द्रनिगाहपुर तर्फ आउनेक्रममा सशस्त्र वन गस्तिटोलिले चाँदीखोला पुलछेउबाट ट्रकलाई नियन्त्रणमा लिएको थियो।
बरामद ट्रकमा एकसय ५० क्यूबिफिट भन्दा बढी चिरान काठ फेला परेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले बताएका छन।
बरामद काठ सहितको ट्रक आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यलय रौतहटमा बुझाइएको सहायक वन अधिकृत बैजनाथ मण्डलले बताए। बरामद ट्रक र काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रौतहटमा बुझाएपछि ट्रक छुटाउन डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णलाई विभिन्न व्यक्तिले दवाब दिन थालेको बुझिएको छ ।
डिभिजन वन कार्यालय प्रमुख सुनिल कुमार कर्णलाई सोध्दा जस्तोसुकै दवाव आएपनि नियन्त्रणमा लिएको ट्रकलाई कानुन बमोजिम कारबाही गरेर छाड्ने उनले प्रतिक्रिया दिए।