Wednesday, January 29, 2025

स्वतन्त्र उम्मेदवार रवि को जनलहर बढ्दो

पछिल्लाे समाचार

रौतहट ११,कार्तिक । मंसीर ४ गते हुन लागेको निर्वाचनमा प्रदेश सभा सदस्य पदका लागि रौतहट क्षेत्र नम्बर ४ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका रवि जयसवाल जनतामाझ पुगेर आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । 
मतदाताहरुसँगको भेटघाटमा उनिप्रति जनलहर बढेको देखिएको छ ।
उम्मेदवारी दिएको दिन देखिनै आफ्नो क्षेत्रका समस्याहरु बुझ्न प्रायः दिनहु जनताको घरदैलो पुग्ने रवि जयसवाल गढिमाई नगरपालिका १ समनपुरको टोकारघाट र सोहि वडाका हरैयामा पुगेका छन् ।
त्यहा पुगेर मतदाताहरुसँग कुराकानी गर्दै घरदैलोको क्रममा उनले समाज र देशलाई विकास तर्फ लैजान आफ्नो जीत आवश्यक रहेको भन्दै जिप छापमा मतदान गर्न मतदाताहरुलाई उनले आग्रह गरेका छन् ।
हिजो बृदावन र आज गढिमाई नगरपालिकाका वडाहरुमा पुगेका रविलाई मतदाताहरुले समेत स्वागत गर्नुका साथै अहिलेको परिस्थितीमा परिवर्तन अपरिहार्य रहेको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु