Friday, January 24, 2025

स्वतन्त्र उम्मेदवार बदरुदिन अरमान भाईको प्रचार अभियान तिब्र

पछिल्लाे समाचार


रौतहट २ कार्तिक / रौतहट क्षेत्रनं ३ को प्रदेशसभा सदस्यमा ख बाट स्वतन्त्र उम्मेदवार बदरुदिन अरमान भाईले उम्मेदवारी दिएका छन ।
उनले आफुले चुनाव जिते यो क्षेत्रको विकासमा कायापलट गर्ने बताएकाछन् । प्रेसरकुकर चुनाव चिन्ह्बाट मैदानमा उत्रेका अरमानभाई कम्युनिष्ट राजनिति मधेशवादी राजनितिहुदै स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रेका हुन ।
उनलले आफ्नो जितलाई कसैले रोक्न नसक्ने दाबि गरेका छन ।
आफ्नो निवर्वाचन क्षेत्रलाई कृषि पकड क्षेत्र बनाउने अभियानका साथ उनी मत माग्न व्यस्त रहेका छन् । सो निर्वाचन क्षेत्रमा युवा तथा बौद्धिक नेताका रुपमा आफ्नो परिचय बनाएका अरमान भाई सबै समुदाय र जातीको मत आफ्नो पक्षमा रहेको बताउदै आएकाछन् ।
रौतहट क्षेत्र नै ३ को ख निर्वाचन क्षेत्रलाई आफुले जितेमा बाख्रा पालनकाे हवका रुपमा अगाडी बढाउने बताए ।
कृषिमा आधारित रहेको सो क्षेत्रका किसानका लागि आफुले जितेका धेरै काम गर्ने योजना समेत उनले सुनाए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु