रौतहट २ कार्तिक / ईशनाथ नगरपालिका अन्तर्गत लतमरी मठिया जयनगर औरैया बन्जरहा र सानो घिउरा सिमानाका क्षेत्रमा भन्सार चोरीतस्करी बढेको छ ।
कतिसम्म भने हुण्डी कारोबारी देखि लागुऔषध कारोबार गर्नेहरुले समेत प्रहरीलाई मिलाएर अवैध काम गर्दै आएको गुनासो छ ।
प्रहरीले कपडा र भैंसी तस्कर देखि लागुऔषध कारोबारी र हुण्डी कारोबारीसँग समेत मासिक दररेट तोकेर पैसा उठाउन थालेको गुनासो त्यसभेगका स्थानियको भनाइ छ ।
रौतहटको जिल्लाको ईशनाथ नाकाबाट अबैध कारोबार गर्ने कारोबारीहरु संग रकम लिएर घुमुवाले नै संरक्षण र स्कटिङ गर्ने गरेको एक जना स्थानीयले बताए ।
भारतीय बजारबाट कपडा ,कस्मेटिक, तयारी पोषाक, मोटर पार्टस, पानी तान्ने मोटर, हार्डवेयर, इलेक्ट्रोनिकका सामान र सुटिङ सटिङका सामानहरु सूर्तीजन्य पदार्थ,चिनी, किरानाका सामानहरु खुलेआम तस्करी हुदै नेपाल भित्रिरहेको छ । सानो घिउरा र रामनगर नाकाबाट कपडा र भैंसीको तस्करी बढेको छ ।
सानो घिउरा र रामनगर, नाका हुँदै जयनगरको बाटो रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म भन्सार छली गरेर तस्करीको कपडा पिकअप भ्यान र मोटरसाइकलका माध्यमबाट नेपाल भित्र्याउने गरेका छन् ।
लतमरि र मटियाबाट रातभर चिनी चामल कपडा र जुत्ता चप्पलको तस्करी हुनेगरेको छ ।
बन्जरहा र औरैयाबाट हार्डवेयर,सुर्तीजन्य पदार्थ ,कष्टमेटिकको समान तस्करी हुने गरेको गुनासो छ ।