काठमाडौं, २७ असोज । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न बिहिबार अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोस्रो पटक थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो।