वीरगञ्ज , २५ असोज //
वीरगञ्जमा छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा जिल्लाको धोविनी गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुव प्रसाद साह रहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ साढे ६ बजे वीरगञ्ज–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने सैफुल्लालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै सोमबार दिउँसो साढे १२ः बजेको समयमा वीरगञ्ज–८ स्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने ध्रुवलाई करेन्ट लागेको थियो । करेन्ट लागेर भुईंमा पछारिएका उनलाई तत्कालै उपचारको लागि नजिकैको आशाराम अस्पतालमा उपचारको लागि लग्दा मृत्यु भइसकेको थियो ।
दुबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।