अमित ठाकुर। रौतहट २८ असोज / आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा विभिन्न पार्टीका नेताहरुले आफ्ना पक्षमा मत लिन प्रचार प्रसारमा उत्रिएका छन्।
रौतहटमा मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा क्षेत्र नंम्बर १ को जनता लाई प्रलोभन देखाउन गृहनगर आएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई यसपालि हराउन जनता एक भएर लागेका छन ।
रौतहट क्षेत्र नंम्बर १ गौर नगरपालिकामा घर भएका पुर्व प्रधानमन्त्री माधव नेपालले क्षेत्र नंम्बर १ बाट दुई पटक सांसदमा निर्वाचित भएपनि क्षेत्र नंबर १ का जनताहरुको भलाइको निमीत केही पनि नगरेको गुनासो छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले प्रधानमन्त्री हुदा गृह नगर तथा क्षेत्रको बिकाशका लागि काम नगरेको गुनासो छ ।
रौतहट क्षेत्र नंम्बर १ का बिकाश निर्माणकार्य माधव नेपालकै कारण अधुरो रहेको र गृह नगर समृद्ध हुन नसकेको प्रतिनिधि सभा का उम्मेदवारअजय गुप्ताले आरोप लगाएका छन्। रौतहटमा पुर्व प्रधानमन्त्री नेपालको गृह जिल्लामा अर्बौंको काम अधुरो रहेको र फेरि त्यही रवैयामा नेपाल रौतहटका जनताहरुलाई भ्रममा पार्न शिलान्यासको नाटक देखाएको भनाई छ ।
माधव नेपाललाई दुई पटक सांसद बनाएता पनि क्षेत्रको हितमा काम नगरेको र तस्कर, भुमाफियाहरुको पक्षमा मात्र काम गरेको ले मतदाता नेकपा एमाले पार्टीका युवा नेता तथा क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा उम्मेदवार अजय गुप्ताको पक्षमा रहोको आम बुद्दिजीविहरुको भनाइ छ ।
नेता नेपालले शिलान्यास गरेको जुद्ध छात्रावास, बागमती पुल दशकौ देखि अलपत्र छन ।