Monday, January 27, 2025

रौतहट क्षेत्र नम्बर ४ (क) मा गठबन्धनका उम्मेद्वार भट्टराई कि श्रेष्ठ !

पछिल्लाे समाचार

चन्द्रपुर १४ कार्तिक। रौतहट जिल्लाको क्षेत्र नम्बर ४ प्रदेश (क) का कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठ घरदैलो व्यस्त रहेका छन् ।

चन्द्रपुर नगरपालिकाको १० वटा वडा र बृन्द्रावन नगरपालिकाको ३ वटा वडा प्रदेश (क) अन्तरगत पर्छ । यो क्षेत्रमा करीब ५९ हजार मतदाता रहेका छन् । यी १३ वडा मध्ये १० वटा वडामा नेकपा (एकीकृत समाजवादी) को अवस्था सवल रहेको चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहालले बताए ।

चुनाबी अभियान अन्तरगत चन्द्रपुरका १० वटै वडा र बृन्द्रवनका ३ वडामा तालिका बनाएर घरदैलोको कार्यक्रम तय गरिएको चुनाव प्रचारप्रसार कार्यालयका सचिव नारायण न्यौपानेले जानकारी दिए ।

मंसिर ४ गतेको तयारीको शिलशिलामा चन्द्रनिगाहपुरमा प्रचारप्रसार कार्यालय स्थापना, क्षेत्रका अगुवा कार्यकर्ताको भेला÷प्रशिक्षण, अनेमसंघ र युवाविधार्थीहरुको भेला, वडा र टोलटोलमा निर्वाचन परिचालन कमिटी गठन गर्ने कार्य भइरहेको नेकपा एकीकृत समाजवादीका नेता कृष्णबहादुर खड्काले बताए ।

आफू युवा भएको, क्षेत्रको विकास र समृद्धिको लागि स्पष्ट योजना तथा कार्ययोजना भएको, पहिलो पटक उम्मेदवार भएको र आफू विगत लामो समयदेखि स्थानीय जनताहरुको सुखदुःखमा सधैंसँगै रहेकोले जनताहरुको मत प्राप्त गरी विजयी हुनेमा कलम छापका प्रदेश सभा सदस्य उम्मेदवार श्रेष्ठले विश्वास व्यक्त गरे ।

उम्मेदवारको टिकटका लागि भएको चलखेलका कारण असन्तुष्ट रहेको माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको पनि साथसहयोग पाउने र प्रदेशमा काँग्रेसको उम्मेदवार नभएकोले पनि काँग्रेसी मतदाताहरुले कलम छापका उम्मेदवार श्रेष्ठको पक्षमा मतदान गर्ने नगर अध्यक्ष बाबुराम दाहालको दाबी छ ।

निवर्तमान प्रदेश सभा सदस्यमा निर्वाचित काँग्रेसका धनलाल थोकरले यसपटक टिकट नपाउनु, माओवादीका जिल्लास्तरका जिम्मेवार नेतानै असन्तुष्ट रहनु,, स्थानीय युवा, समाजसेवी र बौद्धिक व्यक्तित्वहरुको साथ रहनु तथा स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले ल्याएको मतको आधारमा समेत श्रेष्ठको जीत सुनिश्चित रहेको दाहालको तर्क छ ।
रौतहट क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना रहेका छन् भने प्रदेश सभा (क) मा गठबन्धन बाट माओवादी केन्द्रका युवराज भट्टराई लाई अघिसारेपनि नेकपा एसले अन्तिम समयमा बालकृष्ण श्रेष्ठ लाई उम्मेद्वार बनाएपछि गठबन्धनका नेताकार्यकर्ता बिच अन्यौल छाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु