रौतहट, २६ असोज । मिटर व्याजी तथा ठगि बिरुद्ध किसान मजदुर संयुक्त संघर्ष समिति रौतहटले पत्रकार सम्मेलन मार्फत स्थानीय प्रशासनले पिडितको आवाज नसुनेको भन्दै गुनासो गरेको छ ।
पत्रकार सम्मेलन मा मिटर व्याजी पिडित संयुक्त संघर्ष समिति मधेश प्रदेशका संयोजक सरस्वती मिश्रले छलफलको लागि जिल्ला प्रशासनमा बसिरहदा पिडक पक्षहरुद्धारा पिडित माथि आक्रमण गरियो, सो कार्यमा स्थानीय प्रहरी प्रशासनको मौनताले गर्दा उनीहरुको मनोवल बढेको , पिडित झन पिडित बनाउने काम भएको गुनासो गरीन ।
पटक पटक धाएपछि मंगलवार जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा पिडितहरु संग बसिरहेको अवस्थामा पिडकहरुद्धारा परिचालन गरिएको केही व्यक्तिहरुद्धारा पिडित माथि आक्रमण गरियो र सोको प्रतिवाद गर्दा उल्टै प्रहरीले पिडितलाई नै निर्घात कुटपिट गरिएको गुनासो पिडितहरुको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयमा ८० र जिल्ला प्रहरी कार्यालयमा ४० गरेर एक सय२० वटा मिटरब्याजी सम्वन्धि उजुरी दर्ता भएको छ ।उनले भने हामीले परेको उजुरीको आधारमा आवश्यक अनुसन्धान अघि बढाउदै पिडितलाई बोलाउदै पिडकलाई प्रहरी मार्फत समातेर ल्याउने कार्य जारी राखेको तर ठोस प्रमाणको अभावमा २ जनाको म्याद थपको लागि अदालत पठाउदा पर्याप्त कागजातहरु नरहेको भन्दै फिर्ता पठाइदिएकोले मुद्दा प्रक्रिया अघि बढाउन कठिनाइ भएको बताईएको छ ।
मुद्दा फाँटमा २५ जना भन्दा बढि व्यक्तिहरु जम्मा भएर हो हल्ला र कर्मचारी माथि आक्रमण गर्न थालेपछि प्रहरीले सामान्य वल प्रयोग गरेर उनिहरु लाई कम्पाण्ड बाहिर निकालिदिएको प्रजिअ शाहिको भनाई छ ।