Thursday, January 23, 2025

पुर्वमन्त्री साह सरसफाइ अभियानमा

पछिल्लाे समाचार

रौतहट ६ कार्तिक ।
पुर्वमन्त्री प्रभु साह रौतहट संसदीय निर्वाचन क्षेत्र ३ अन्तर्गत
कटहरियामा सरसफाइ अभियानमा जुटेका छन ।
अगामी मंसिर ४ गतेहुने निर्वाचनमा सोही क्षेत्रमा प्रतिनिधिसभा तर्फ स्वतन्त्र उमेदवार रहेका साह कटहरिया नगरपालिका ४ बलिरामपुर गाउँमा उनी दर्जनौं कार्यकर्ता सहित सरसफाइ अभियानमा जुटेका हुन ।
साह संगै दर्जनौंको संख्यामा रहेका नेता कार्यकर्ताहरु हात हातमा झाडु,कुचो,कोदालो र बेल्चा लिएर बलिरामपुर गाउँको सार्वजनिक बाटो तथा नाला सफाइ मा जुटेका छन ।
दिपावली र लोकपर्व छठमा तराई मधेसमा आआफ्नो घर तथा वरपर सरसफाइ गरिन्छ तर सार्वजनिक स्थान सफागर्न कसैको ध्यान नजाने भएकाले यो अभियान संचालन गरिएको पुर्व मन्त्री प्रभु साहले बताएका छन ।
सरसफाइ कार्यक्रममा नेता प्रभु साहका साथै पुर्व प्रदेश सांसद तथा क्षेत्र ३ का बाट प्रदेशसभाका स्वतन्त्र उमेदवार कुन्दन कुश्वाहा,ख बाट प्रदेशसभाका स्वतन्त्र उमेदवार केशवराय चौधरी, कटहरियाका पुर्व मेयर सियाराम कुश्वाहा,नेता त्रिभुवन साह,लगायत दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु