Thursday, January 23, 2025

पुर्वप्रधानमन्त्री माधव नेपाल लाई कार्वाही गर्न निर्वाचन आयोगको पत्र

पछिल्लाे समाचार

काठमाडौं, ३ कात्तिक । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्देशन दिएको छ ।
निर्वाचन प्रभावित पार्ने गरि निर्वाचन कसुर गरेको आरोप लगाउँदै आयोगले बिहीबार अध्यक्ष नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

नेता नेपालले रौतहटमा मतदातालाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभन देखाउँदै भोट मागेको आरोप छ ।
नेपालले सार्वजनिक रुपमै फ्रि भिसा फ्रि टिकटको प्रलोभन देखाएको भिडियोसमेत आयोगलाई प्राप्त भएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालाई कारबाही गर्न निर्वाचन आयोगले रौतहट प्रहरीलाई निर्देशन दिएपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष नेपाललाई कारबाही गर्न आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशनसहित पत्राचार गरेको हो ।

आयोगको निर्देशनसँगै अब कसुरअनुसार माधवकुमार नेपाललाई प्रहरीले पक्राउ गरी दुई वर्षसम्म जेल सजाय गर्न सक्ने छ । निर्वाचन आयोगको निर्देशन अनुसार नेता नेपाललाई प्रहरीले अन्य फौजदारी अपराधको कसुरमाझैं अनुसन्धान गरी सजाय तोक्न सक्ने व्यवस्था निर्वाचन कानुमा छ ।
अधिवक्ता पुष्पराज पौडेलले निर्वाचन कसुर गरेका माधव नेपाललाई प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्नसक्ने बताए । ‘जसरी अन्य फौजदारी अपराधको कसुरमा प्रहरीले अभियुक्तमाथि अनुसन्धान गर्छ, सोही प्रकृतिको अनुसन्धान माधव नेपालमाथि पनि गर्न सक्छ,’ अधिवक्ता पौडेलले भने ।
निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ को दफा २० (१) (च) अनुसार उल्लेखित कसुरदारलाई एक लाख रूपैयाँ जरीवाना तथा दुई वर्षसम्म जेल सजाय वा दुवै सजाय गर्नसक्ने व्यवस्था छ ।

निर्वाचन कसुर तथा सजायसम्बन्धी व्यवस्था अनुसार कुनै पनि उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मतदातालाई कुनै पनि प्रकारको लोभलालच वा आर्थिक प्रलोभन देखाउन पाउँदैनन् । तर, पूर्व प्रधानमन्त्री समेत रहेका उम्मेदवार नेपालले आइतबार रौतहट क्षेत्र नम्बर १ मा आयोजित चुनावी कार्यक्रममा आफूले चुनाव जिते निःशुल्क रूपमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाउँदै मत मागेका  थिए ।
नेपालको अभिव्यक्ति जारी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले कारबाही गर्न निर्देशन दिएको बताएको छ ।

अध्यक्ष नेपाललाई स्पष्टीकरण माग्दै आयोगले पठाएको पत्र नेकपा एसले फिर्ता पठाइदिएको छ ।
अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्दै पठाएको पत्र फिर्ता गरिदिएको छ ।

नेकपा एसले अध्यक्ष नेपालविरुद्वको पत्र बुझ्दै नबुझी आयोगमै फिर्ता गरिदिएको हो ।  रौतहटमा मतदातालाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने भन्दै प्रलोभन देखाउँदै भोट मागेकोभन्दै आयोगले नेपाललाई स्पष्टीकरण सोधेको हो ।

नेपालले निर्वाचन प्रभावित पार्ने गरि निर्वाचन कसुर गरेको आरोप लगाउँदै आयोगले अध्यक्ष नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ ।
आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको हो ।
नेता नेपालले स्पष्टीकरण माग गरिएको पत्र बुझ्नुअघि नै आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार नेपालमाथि कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु