Thursday, January 30, 2025

पर्साका एक कर्मचारी घुससहित पक्राउ

पछिल्लाे समाचार


पर्सा ,३१ असोज //
जिल्ला प्रशासन कार्यालय, पर्साका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।कार्यालयका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

सोमबार अख्तियारको हेटौडा कार्यालयको टोलीले प्रशासन कार्यालयकोको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

१६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु