रौतहट — एमालेको टिकट त्यागेर रौतहट–३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई समर्थन गर्न माओवादी केन्द्रीय समितिले निर्देशन दीएको छ ।
माओवादीका उम्मेदवार धिरज पटेललाई दिएको निर्देशन पटेलले अस्वीकार गरेका छन् ।
निर्देशन लाई बेवास्ता गर्दै पटेल अहिले प्रचारप्रसारमा लागेका छन् । चुनावमा साहलाई जिताएर पार्टीमा ल्याउने माओवादीको रणनीति राजनैतिक बृतमा व्यपक छ ।
उम्मेदवारी फिर्ताको समय सकिएको भोलिपल्ट पटेललाई माओवादीको केन्द्रीय समितिले फिर्ता लिएर स्वतन्त्र उमेदवार साहलाई समर्थन र सहयोग गर्न निर्देशन दिइसकेको पार्टीका जिल्ला संयोजक देवेन्द्र पटेलले बताए ।
नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका साहले पार्टीको टिकट लत्याएर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
अहिले एमालेले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ । पुर्वमन्त्री साह २००६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेमा रहेका नेता साहको सांसद पद खारेज भएको थियो ।
यो निर्वाचनमा नेता साहको माओवादीका उम्म्दवार धिरज पटेल र स्वतन्त्र दम्मेदवार ओम प्रकाश जयसवाल संग प्रतिस्पर्धा छ ।