मुकेश कुमार साह,रौतहट १८ असोज । गरुडा नगरपालिकाले गरुडा वडा न.८ बिर्ता चौक देखी श्रीराम सुगर मिल्सको कर्नर सम्म २३ वटा सिसीटीभी जडान गरिएको छ । गरुडा नगरपालिकाले आफ्नो लगानीमा बिर्ता चौक,जिङडिया, चिनिमिल कर्नर, समनपुर रोड,महम्मदपुर रोड लगायतको ठाऊमा जडान गरिएको मेयर कन्थमणी जयसवालले बताउनुभयो । जडान गरिएको सिसीटिभी एक कार्यक्रमका बिच मेयर जयसवाले ईप्रका गरुडालाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले सिसीटिभी क्यामेराको जडानले अपराधिक गतिविधि र सडक दुर्घटना कम हुने बिश्वाश ब्यक्त गर्नु भयो । यसको स्थापनाले व्यवसायीक सुरक्षा पनि हुने उहाँले बताउनु भयो । गरुडा नगरपालिकाको लगानीमा जडान भएका क्यामराहरुको निगरानी इप्रका गरुडाले गर्नेछ र त्यसको सवै विवरण इप्रका गरुडाले नै रेकर्ड राख्ने छ । सीसीटीभी जडान गरेपछि अापराधिक घटनामा कमी आउने र सुरक्षा महशुस हुने स्थानीयको भनाई छ ।